ढिला मनसुन सक्रियहुँदा कर्णालीमा ७१ प्रतिशत मात्रै धान रोपाइँ

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म ७१ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष असार पहिलो सातादेखी नै मनसुन सक्रियहुँदा असार २० गतेसम्म ७१ दशमलव ९ प्रतिशत मात्रै धान रोपाइँ भएको हो । रासायनिक मल अभावका विच पनि प्रदेशका १० वटै जिल्लामा धान रोपाइ सकिने क्रममा रहेको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए । गत वर्ष यहीँ समयमा प्रदेशभर ९५ प्रतिशतकाे हाराहारीमा राेपाइँ सकिएकाे राेकायाले उल्लेख गरे ।

निर्देशनालयका अनुसार सबैभन्दा धेरै जुम्लामा ९९ र हुम्लामा ९८ तथा सबैभन्दा कम सुर्खेतमा ३० प्रतिशत रोपाई सकिएको छ । यस्तै, डोल्पामा ९५, सल्यानमा ७८, रुकुमपश्चिम र मुगुमा ७५-७५, कालिकोटमा ६०, जाजरकोटमा ५९ र दैलेखमा ४० प्रतिशत रोपाइँ सकिएको हो । साविक कर्णाली अञ्चलका पाँच जिल्लामा रासायनिक मलको प्रयोगमा पूर्ण प्रतिवन्धित गरिएको छ ।

तर सल्यान, रुकुमपश्चिम, सुर्खेत, दैलेख र जाजरकोटमा रासायिनक मल युरियाको प्रयोग गरिन्छ । तर मल अभावकै भरमा यी जिल्लामा धान रोपाई जारी रहेको निर्देशक रोकायाले बताए । कर्णालीमा मकै र कोदोपछि तेस्रो नम्बरमा धान खेती गरिन्छ । मकै ८७ हजार ८०३ र कोदो ७३ हजार ९९८ हेक्टर क्षेत्रफलमा खेती गरिन्छ ।

तर ४९ हजार ६७७ हेक्टर जमिनमा धान खेती गरिदै आएको छ । यी जिल्लामा ७९ हजार ५४० मेट्रिकटन धान उत्पादन हुने गरेको छ । कालिकोट, दैलेख, मुगु, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा पाँच हजार ४३ हेक्टर जमीनमा घैया धानको खेती समेत गरिन्छ । घैया धान १० हजार चार मेट्रिकटन उत्पादन हुने गरेको निर्देशक रोकायाको भनाइ छ ।

‘प्रदेशभरी नै धान रोपाई उत्साहजनक नै छ,’ रोकायाले भने, ‘खेती लगाउने समयमा मौसमले राम्रो साथ दिने तर मनसुनको मध्य तथा खेती स्याहर्ने समयमा क्षती पु¥याउँदा उत्पादनमा ह्रास आउदा कृषक चिन्तित छन् ।’ गत वर्ष खेती लगाउने सिजनमा राम्रो भएपनि धान काट्ने समयमा धानवालीमा ठूलो क्षती पुग्दा उत्पादनमा ठूलो ह्रास आएको रोकायले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया