छात्रलाई शिक्षकले पिटेको भाइरल भिडिओ नेपालको होइन : बझाङ प्रहरी

धनगढी । सामाजिक सञ्जालमा भाइरल भइरहेको शिक्षकले एक छात्रलाई निर्घात कुटिरहेको भिडियो नेपालको नभएको प्रहरीले स्पष्ट पारेको छ ।

बझाङ प्रहरीले बालकलाई कुटपिट गर्ने बझाङका शिक्षकलाई कारबाही हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचारमा घटना नै नेपालको नभई भारतको भएको उल्लेख गरेको छ ।

भारतको पटनास्थित कोचिङ क्लासमा शिक्षकले छात्रलाई पिटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रहरीले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया