पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता : पर्यटन मन्त्री जीवनराम श्रेष्ठ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

नेपाल पर्यटन बोर्ड क्यानडाको सहकार्यमा नेपाल क्यानडा टुरीज्म कल्चर एण्ड टेडले प्रकाशन गरेको वेस्र्टन नेपाल फोटो पुस्तक विमाचेन गर्दै मन्त्री श्रेष्ठले कोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नु पर्ने बताए ।

पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्न समेत आग्रह गरे ।

संस्कृति पर्यटन तथा नागरिक उडड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रर्वद्धन गर्ने हिसावले बोर्ड नयाँ बजेट तर्जुमामा लागिरहको बताए  ।

बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले कोभिडको समय देखि नै बोर्डले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने तथा रोजगारी सिर्जना गर्ने गरी विभिन्न कामहरु गरिरहेको जानकारी दिँदै बोर्ड मन्त्रिबाट प्राप्त रचनात्मक निर्देशन र सुझाव अनुरुप काम गर्न सधैं तयार रहेको बताए । सो अवसरमा कार्यकारी प्रमुख डा रेग्मीले पर्यटन बोर्डका गतिविधिका बारेमा समेत बताए  ।

बिशेष कारण पुस्तक विमोचन अगावै क्यानडा फर्कनु परेको बताउदै नेपाल पर्यटन बोर्ड क्यानडाका पर्यटन दुत एन बी टण्डनले भने पश्चिम नेपाल धार्मीक ऐतिहासीक प्राकृती हीसावले मात्र नभएर पर्यटकीय हिसावले पनी महत्तवपुर्ण रहेको छ ।

यती महत्व हुदा हुदै पनी पश्चिम नेपाल ओझेलमा परीरहेको छ । यही कुरारालाई उजागर गर्न यो पुस्तक प्रकाशन गरीएको दुत टण्डनले बताए । उनले पुस्तक विमोचन कार्यक्रममा उपस्थिती हुन सकेन तर तर मेरो जिवनसाथी अमृता वली टण्डन उपस्थिती हुन पाउदा म उपस्थिती भएको जस्तै अनुभुती भएको बताए ।

यस्तै, लेखक तथा फोटो पत्रकार भरतबन्धु थापाले भने वेस्र्टन फोटो पुस्तक पश्चिन नेपाल बुझ्न चाहनेहरुको लागि पुस्तक आखीझयाल भएको बताए । सन् २०१३ देखि पुस्तक प्रकाशनको यात्रा सुरु भएको थिया अहिले वेस्र्टन नेपाल सम्म पुग्दा सातौ पुस्तक रहेको उनको भनाई रहेको थियो ।

तपाईको प्रतिक्रिया