सुकिपिप्लीवासीको एउटै प्रश्न : लालपुर्जा कहिले पाईन्छ सरकार ?

दैलेख । जिल्लाको आठबीस नगरपालिका–१ सुकिपिप्लीको दलितबस्ती चार दशकदेखि लालपूर्जा बिहीन् छ । २०४० सालमा तत्कालिन साविक सात्तला गाविसको–६ मा आएको बाढीपहिरोका कारण विस्थापित भएका दलित वस्तीले भोगचलन गदै आएको जमिनमा विवाद भएपछि लालपुर्जाबाट बन्चित भएका हुन् ।

बाढीपहिरोले घर, खेतबारी सबै बगाईदिएपछि दलित बस्तीलाई गाउँकै स्थानीय वुद्धिजिवी र ठालु भलाद्मीले सुकिपिप्लीमा बस्ती बसालेको ७८ बर्षिय देव नेपालीले बताए । ‘३६ बर्ष देखी २१ घरधुरी दलित कसैसँग पनि लालपुर्जा लालपुर्जा छैन ।’ उनले भने ।

यस्तै, अर्का स्थानीय धनरुप नेपालीले भूमिसुधार लागु भएयता जग्गा नापी भएपनि केही स्थानीय बासीले हाम्रा बाबु बाजेको भैसी राख्ने चौर हो भनेर विवाद गरेपछि लालपुर्जा पाएनौं । लक्ष्मी उमाविलाई १ कित्ता जग्गा नाप उपलब्ध गराएको समयमा दलितबस्तीको नाममा पनि एक कित्ता जग्गा नापिएको पछि विवाद भएपछि नापीका कर्मचारीले नदिएको बताए । ‘जंगलको विचस्थानमा रहेको चौरमा कोही बस्ने नभएपछि हामीलाई चौर बस्न दिए, अहिले सडक सँग बस्ती जोडिएपछि हाम्रो भनेर दावी गर्छ । लालपुर्जा ल्याउन नापी कार्यालय जाँदा विवाद परेको मिलाएर आउनुहोस भन्यो ।’ उनले भने ।

लालपुर्जा नभएको झण्डै ४० बर्ष पुगीसक्दा पनि दलित बस्तीलाई कसैले सहयोग नगरेको सुकिपिप्लीबासी बताउँछन् । ‘राजनितिक दलका नेताले चुनावको समयमा हामीलाई भोट दिनुहोला’ । लालपुर्जाका लागी हामी पहल गछौं’ भन्छन । जितेर गएपछि कोही सुनुवाई नै गदैनन् । २०४० सालबाट यता धेरै साँसद भए । चुनावतका आश्वासन दिन्छन् जितेर गएपछि चासो राख्दैनन । अरुका कुरै छौडौ । २०५६ सालको आमनिर्वाचनमा यहीँ गाविसबाट नेपाली काँग्रेसबाट विजय भएका शिवराज जोशीले त हेरेनन् ‘अरु कहाँका हुन् कहाँका ।’ स्थानीयले गुनासो गरे ।

यस्तै, अहिलेसम्म भएका सबै चुनावमा आफुहरुको लालपुर्जा पाउ भन्ने माग राखिरहे पनि नेताहरुबाट सुनुवाई नभएको सुकिपिप्लीबासीको भनाई रहेको छ । ‘लालपुर्जा बनाई दिने आश्वासन २०६४ नेकपा (एमाले)का सभासद राजबहादुर बुढा, २०७० साँसद लक्ष्मी पोखरेल र २०७४ फेरी राजबहादुर बुढाले भोट फकाउँन लालपुर्जा बनाई दिने आश्वासन दिएको नेपाली परिवारको भनाई छ । चुनाव जितिसकेपछि अनुहार नै देख्न पाईएन् । बुढा अहिलेपनि प्रतिनिधी सभाका सदस्य हुन् । नेता मात्र बदलिए, तर हाम्रा दुःख बदलिएनन् । लालपुर्जा सँगै दलितबस्तीमा खानेपानीकोसमेत समस्या आएको छ ।’ एक स्थाीयले भने ।

सुकिपिप्ली चौरलाई एयरपोर्ट क्याम्पस निर्माणको लागी राम्रो मानिएकाले दलित बस्तीलाई नदिएको स्थानीय बुद्धिजिवीको भनाई छ । तर, आफुले झण्डै चार दशक भोगचलन गरिसकेकाले कुनैपनि हालतमा बस्ती नउठाउँने सो बस्तीका अगुवाको भनाई रहेको छ । सुकिपिप्ली बस्ती कर्णाली राजमार्गबाट ७ किलोमिटर टाढा छ भने मध्यपहाडी राजमार्ग र रामघाट सिगासैन सडकसँग जोडिएको छ । केही दिन अगाडी राष्ट्रिय भूमि आयोग बस्तीमा गएर तत्काल लालपुर्जा दिने आश्वासन दिए पनि अहिलेसम्म कुनै पनि प्रक्रिया अगाडी पालिकाकाले बढाएको छैन् ।

आधारभुत सेवा सुविधाको पहुँच बाहिर दलितबस्ती

यस्तै, यस समुदायका नागरिकहरु आधारभुत सेवा सुविधा सिचाई, खानेपानी र स्वास्थ्यबाट बञ्चित भएका । सिचाई अभावले उनीहरुले बर्षमा एक पटक मात्र बालि लगाउँछन् । सिचाई अभावकारण हिउँदे बाली पुरै जमिन बाँजो हुने गरेका जलधरा नेपालीले बताईन् ।

नेपालीले भनिन्, ‘गहुँ पाक्दा केटाकेटीले गहुँको रोटी खाने भनेर ढिपी गर्छन,साहँु महाजनको काममा गएर छोराछोरीको रहर मेटाउने गरेकोछौ । कुलदेवतालाई समेत पनि पिठो चढाउन साहुँकै काम गनुपर्छ ।’

केही वर्ष अगाडी एक गैरसरकारी संस्थाले बस्तीमा ३ वटा खानेपानीका धारा पोखरी निर्माण गरेपनि धारामा पानी नै आउँदैन । मर्मत सम्भार नगरिदा सडक फराकिलो बनाउने क्रममा मुल लाईनको पाईप काटिएपछि पानी आउन छोडेको दलित परिवारको भनाई छ ।

धारामा पानी नआउँदा दुई घण्टा टाढाबाट पानी ल्याएर पिउनु पर्ने बाध्यता रहेको दिपेन्द्र नेपालीले बताए । दिपेन्द्रले भने, ‘धारामा पानी नआउँदा दुई घण्टाको बाटो हिडेर चिनेखोलाको पानी पिउने गछौं ।’

हाल यस बस्तीमा अहिले एभरेष्ट क्लवको सहयोगमा दलित परिवारको आर्यआर्जन बढाउनको लागि समेत बाख्रा वितरण गरिएको छ । बस्तीमा सबै घरधुरीमा शौचालय निर्माण गरेपनि जनचेतना पानी अभावका केहीँ शौचालय प्रयोगमा जनचेतना अभावका कारण प्रयोगमा नआएका स्थानीय बुद्धिजिवी तिलकबहादुर शाहीले बताए ।

जिल्लामा सञ्चालन गरिएको गरिवी निवारण कार्यक्रम अन्र्तगत दलित बस्तीमा बाख्रापालनको लागी सुडेक संस्थाले झण्डै दुईलाख पैसा खर्च पनि बस्तीमा आजभोली एउटा पनि बाख्रा भेटिदैन् । ‘घरमा खाने गाँस हँुदैन बाख्रा बेचेरै जहान परिवार पाल्यौ मर्नु त भएन बाच्नै त प¥यो नी !’ स्थानीय लक्ष्मी नेपालीले भनिन् ।

यता पालिकका नगर प्रमुख तर्कबहादुर बडुवालले दलित समुदायलाई तत्काल लालपुर्जाका लागि पहल गर्ने बचन दिएका छन् । प्रमुख बडुवालले आफ्नै कार्याकालमो लालपुर्जा हस्तान्तरण गर्ने गरि काम थालिने जनाए ।

तपाईको प्रतिक्रिया