यूईएफए नेसन्स लिगका लागि पोर्चुगलको टिम घोषणा, पहिलो खेल क्रोएसियासँग

काठमाडौं । साविक विजेता पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । पोर्चुगलले सोमबार क्रोएसिया र स्विडेनसँगको खेलका लागि २५ सदस्सीय टिमको घोषणा गरेको हो ।

पोर्चुगलले दुई खेलमा लागि ७ फरवार्डलाई टिममा राखेको छ । फरवार्डमा क्रिस्टियानो रोनाल्डोसँगै आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, डिएगो जोटा, गोन्सालो गुइडेस, जोआ फेलिक्स र ट्रिनकाओ रहेका छन् ।

मिडफिल्डरमा ब्रुनो फर्नान्डेस, डानिलो पेरीरा, आन्द्रे गोमेस, रुबेन नेभेस,जोआ माउटिन्हो, रेनाटो सान्चेज र सेर्गियो ओलिभिरा रहेका छन् । पोर्चुगलले घोषणा गरेको टिमको डिफेन्डरमा पेपे, जोआ कान्सेलो, नेल्सन सेमिडो, डोमिन्गोस डुआर्ट, जोसे फोन्टे, रुबेन डियास, मारियो रुइ र राफेल गुएरेरो छन् ।

गोलकिपरमा एन्थोनी लोपेज, रुइ प्याट्रीसिओ र रुइ सिल्भा रहेका छन् । पोर्चुगलले पहिलो खेलमा क्रोएसियासँग सेप्टेम्बर ६ मा खेल्नेछ । यस्तै सेप्टेम्बर ९ मा स्विडेनको सामना गर्नेछ । गत वर्ष पोर्चुगलले फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले हराएर उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया