दैलेख काण्ड भनिएको म्यासेन्जरमा भाइरल अडियोको वास्तविकता

सुर्खेत । शुक्रबार विहानबाटै एउटा अडियो सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा भाइरल गराइएकाे छ । कतिपयले उक्त अडियो दैलेख काण्डको संज्ञा दिँदै सामाजिक सञ्जालमा व्यांग्यात्मक रुपमा स्टाटस समेत पोष्टिङ्ग गरिरहेका छन् ।


  • अडियोमा खास नराम्रो छैन् । तर एक व्यक्तिले गाउँकै एक युवतीसँगको शारिरीक सम्पर्क राखेपछि अलपत्र छाडेको विषयबारे चिन्ता गरिएको छ । शुक्रबार नेपालीरैबारको टिमले उक्त भाइरल अडियोबारे सोधिखोजी गरेको छ । सार्वजनिक रुपमा नभएर व्यक्तिका च्याटमा पठाइएको उक्त अडियो अछाम जिल्लाको रामारोशन गाउँपालिकाको रहेको पुष्टि भएको छ ।

करिव दुई वर्ष अघिको अडियो अहिले भाइरले बनाइएको जिल्ला प्रहरी कार्यालयका अछामका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले नेपालीरैबारकर्मीलाई जानकारी दिए । ‘अडियो बारे जानकारी आएपछि हामीले खोजी शुरु गरेका थियौं,’ डाँगीले भने, ‘प्रारम्भीक अनुसन्धानका क्रममा दुई वर्ष पहिलेको अडियो रहेको र अडियोमा पीडित रहनु भएको वास्तविक पीडित युवतीको खोजीमा प्रहरीले काम शुरु गरेको छ ।’

अडियोमा के छ ?
करिव ५९ सेकेण्डको अडियोमा एक युवतीसँग शारिरीक सम्पर्कपछि पेटमा शिशु रहेको विषयमा चिन्ता व्यक्त गरिएको छ । रामारोशनकै ति युवाले एक ओडारमा सहमतिमै शारिरीक सम्पर्क राखेको र पेटमा वच्चा रहेपछि ६ महिनादेखी अडियोमा अलपत्र पारेको विषयमा अर्की युवतीले घटनाको विश्लेषण गरेको सुन्न सकिन्छ ।

बच्चा रहेपछि ति युवतीलाई स्वीकार्न नसकिने र बरु आफू जेल बस्न तयार रहेको ति युवाले बताएको अडियोमा बोल्ने युवतीले भन्छिन, ‘गाउँमा राम्राे पहिचान बनाएका प्रख्यात ति व्यक्ति काठमाडौंमा रहेकाे र उनकै कारण युवतीकाे पेटमा बच्चा रहेकाे हाे । उहाँले मलाई बहिनी भनेर सम्बोधन गर्नुहुन्छ विचरी उनको अवस्थामा पनि दयनिय छ ।’

के हो घटना ?
२०७७ सालमा रामारोशन गाउँपालिकाका एक युवाले अडियोमा ब्याख्या गरेकी युवतीलाई शारिरीक सम्पर्क गरेको र बच्चा रहेपछि उजुरी गाउँपालिकासम्म पुगेको थियो । युवतीको पेटमा ६ महिनाको शिशु रहेकाले गर्भपतन गर्न नसकिने भएपछि उमेर पुगेकाले ६ महिनापछि दुवै जनाको विवाद साम्य गर्नेगरी विवाह गराइदिएको रामारोशन गाउँपाकिालका पूर्व वडाध्यक्ष ताराबहादुर साउँद बताउँछन् ।

‘घटना बाहिरिएपछि सहमतिमै दुवै जनाले विवाह गरेका हुन्,’ पूर्व वडाध्यक्ष साउँद भन्छन्, ‘करिब एक वर्षसम्म उनीहरुसँगै रहेपनि पछि युवतीसँग सम्वन्ध विच्छेद गरेको भन्नेसम्म खवर पाएको हुँ । त्यसपछि थप जानकारी छैन् ।’ अडियोमा घटनाबारे जानकारी गराउने युवती, पीडित भनिएकी युवती र ति युवा रामारोशनकै रहेको पूर्व अध्यक्ष साउँदको भनाई छ ।

‘अहिले अडियो भाइरल गराउनु पीडित युवतीलाई थप पीडा दिनु हो,’ उलने भने, ‘अडियोमा बोल्ने युवतीको पनि विवाह भइसकेको छ, सम्वन्ध विच्छेद गराएका दुवै जना आ–आफ्नो बाटोमा छन् । अहिले एक्काशी घटना बाहिर ल्याउनु राम्रो हैन् ।’

तपाईको प्रतिक्रिया