
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्ने म्याद लकडाउनको अवधिमा सकिएकाले भदौ मसान्तसम्म नवीकरण गर्न पाउने भएका छन्।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै बन्दाबन्दीको कारणले ढिलो भएबापत् बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गरेको जनाएको छ। यो निणर्यअनुसार सेवाग्राहीले चैत ११ पछि म्याद सकिएको भए भदौ मसान्तसम्म कुनै जरिवाना तिर्नुपर्ने छैन।
नेपाल सरकारको साउन ५ गतेको जरिवाना मिनाहाको निणर्य कार्यान्वयनको लागि विभागको ‘सिस्टम मोडिफिकेसन’ समेत भइसकेको सूचनामा उल्लेख छ।

नेपालीरैबार । २०७७ भाद्र ९, मंगलवार