सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट पारित भएको छ । सोमबार बसेको कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको तेइसौं बैठकले बजेट पारित गरेको हो ।
प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको तर्फबाट कर्णाली प्रदेश आर्थिक विधेयक २०७९ सहित समग्र बजेट पारित गरिओस् भनी मुख्यमन्त्री जीवनबहादुर शाहीले सदनमा प्रस्ताव पेश गरेका थिए ।
सभामुख राजबहादुर शाहीले बहुमतले बजेट पारित भएको घोषणा गरेका थिए । अब अर्को बैठक आगामी बुधवार दिउँसो तीन बजे बस्ने गरि स्थगित भएको छ ।
प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको छ ।
नेपालीरैबार । २०७९ असार २७, सोमबार