असिना पानीले माथिल्लो डोल्पामा अन्नबाली क्षति

पःाइल तस्विर

डोल्पा । दुईदिन लगातार परेको असिना पानीले माथिल्लो डोल्पामा अन्नबालीमा क्षति पुगेकाे छ। लामो समयको खडेरीपछि परेको भारी वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको हो। शे फोक्सुण्डो गाउँपालिकाक १ देखि ४ मा लगाएको फापर,उवा,गँहु,आलुमा पूरै क्षति पुगेको वडा नम्बर ४ का अध्यक्ष पेमावाङछेन गुरुङ्गले जानकारी दिए ।

दुईदिन लगातार परेको वर्षा र असिना पानीले बाली पूरै ढलेको छ भित्र्याउने बेलाको अन्न खेतमै ढलेपछि कृषक चिन्तित भएको गुरुङ्गले बताए । कोरोनाको कारण यस वर्ष माथिल्लो डोल्पाका कृषकले यार्सागुम्बा टिप्न पनि पाएनन्। भएको अन्नबाली समेत असिनाले सखाप पारेको स्थानीय तेन्जीन टासी गुरुङ्गले दुख व्यक्त गरे।

वर्षाले शे–फोक्सुण्डो गाउँपालिकाको १,२,३ र ४ मा रहेका निर्माणधिन विकास योजनाहरु वर्षाले क्षति पुर्‍याएको छ। ग्रामिण सड्क,पर्यटन पदमार्ग,पुल,सड्क,सिँचाइलगायतका विकासका योजना पूर्णरुपमा क्षति पुगेको वडा अध्यक्ष पेमावाङछेन गुरुङ्गले जानकारी दिए । यस्तै बाढीले खोलमा रहेका पुल बगाएको छ। सञ्चारको पहुँच नभएकाले वास्तविक क्षतिबारे जानकारी नआएको वडा अध्यक्ष गुरुङ्गले बताए।

तपाईको प्रतिक्रिया