चितवनबाट माडीतर्फ आउँदै गरेको बस दुर्घटनाग्रस्त

चितवन । पूर्वी चितवनबाट माडीतर्फ जन्ती लिएर आउँदै गरेको ना ७ ख २२८ नम्बरको बस दुर्घटनाग्रस्त भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र ध्रुब पोष्ट नजिकै दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएको र अन्य १० जना घाइते रहेको नेपाली सेनको कसरा व्यारेकले प्रारम्भीक जानकारी दिएको छ । चिन्ताजनक अवस्थामा रहेका ३ जना घाइतेहरुसंगै अन्य घाइतेहरुलाई उपचारको लागि भरतपुरतर्फ पठाइएको हो । घटनाको थप जानकारी प्राप्त हुन बाँकी छ ।

(२५ फाल्गुण २०७५, शनिवार, १८.५८ मा प्रकाशित )

तपाईको प्रतिक्रिया