वीरेन्द्रनगरमा खुल्यो ‘गोरेटो फ्यामली रेष्ट्रो एण्ड बार’

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर-६ मा ‘गोरेटो फ्यामली रेष्ट्रो एण्ड बार’ खुलेको छ । कलाकार एवंम् व्यवसायी हरि विष्ट र पत्रकार ज्योती कटुवालको संयुक्त लगानीमा गोरेटो खोलेका हुन् ।

उक्त ‘गोरेटो फ्यामली रेष्ट्रो एण्ड बार’ बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले औपचारिक उद्घाटन गरेका छन् ।

नेपाली काङ्ग्रेसका सुर्खेत जिल्ला सह–सचिव समेत रहेका बारका सञ्चालक विष्टले गोरेटो बारमा रेष्टुरेण्टसँगै जुम्बा, टिपिकल डान्स, फुटसल, फेसियल लगायतका सेवा सुविधा रहेको जानकारी दिए ।

गोरेटो फ्यामली रेष्ट्रो एण्ड बार कर्णालीवासीका लागि अवसरका सागै कर्णालीको कला, सस्कृती र सम्पदासँगै सबैको सारथि बन्ने विष्टको भनाई रहेको छ ।

बारको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको समग्र विकासमा गोरेटोले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने क्षमता भएकोे उल्लेख गरे । मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीमा आउँने सबै प्रकारका पाहुँनाहरूको लागि राम्रो होटल, मनोरन्जनका साथै आरामदायी स्थानका लागि गोरेटो फ्यामली रेष्ट्रो एण्ड बार उत्तम बन्ने छ भन्ने महिले विश्वास गरेको छु ।’

तपाईको प्रतिक्रिया