दैलेखको डुङ्गेश्वरमा चट्याङ लागेर १२ जना घाइते

दैलेख । दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन् । आइतबार दिउँसो वर्षातसहित परेको चट्याङले डुङ्गेश्वर गाउँपालिका–२ को सेर्माकोटका १२ जना घाइते भएका छन् ।

स्थानीय रमेश सिंह लगायतको घरमा परेको चट्याङले लागेर स्थानीय बासिन्दा घाइते भएको वडाध्यक्ष यामबहादुर विस्टले बताए । वडाध्यक्ष विस्टका अनुसार सिंहको घरमा बढि क्षती भएको छ । ‘कोदो गोड्ने खेतलाहरु दिउँसोको खाजा पकाएर खाईरहेको अवस्थामा चट्याङ परेको रहेछ,’ उनले भने ।

वडाध्यक्ष विस्टले चट्याङले लागेर केहीँ पशु चौपायाहरु मरेको बताए ।

यस्तै, घाइतेहरुको उपचारका लागि दैलेख जिल्ला अस्पताल पठाईएको वडा अध्यक्ष विष्टको भनाई रहेको छ । ‘घाइतेहरुको अवस्था गम्भिर छैन्, कसैको हात जलेको छ, कसैको आँखामा चोट लागेको छ, उपचारका लागि बोलेरो जीपमा राखेर दैलेख अस्पतालतर्फ पठाईएको छ,’ वडाध्यक्ष विस्टले भने ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहले चट्याङले लागेर घाइते भएकाहरुलाई दैलेख जिल्ला अस्पताल तर्फ ल्याउन लागिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया