वीरेन्द्रनगरमा छतबाट खसेर एक वृद्धाको मृत्यु

सुर्खेत। जिल्लाको वीरेन्द्रनगरमा छतबाट खसेर एकको मृत्यु भएको छ। मंगलबार बिहान वीरेन्द्रनगर–४ का एक वृद्धको मृत्यु भएको हो।

आफ्नै एक तला घरको छतबाट खसेर ७५ वर्षीया रातुराम सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार घरको छतबाट खसे घाइते भएका सिंहको उपचारको क्रममा मृत्यु भएको हो।

सिंहकाे शव पाेष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल लगिएकाे छ।

तपाईको प्रतिक्रिया