कोही हार्छ कोही सफल्तामा पुग्छ स्विकार्नु पर्छ ।
प्रत्येकको जीवनी लेखिएको छुट्टा–छुट्टै बुक छ स्विकार्नु पर्छ ।।
तपाईं अत्याधिक पीडा भयो भनेर अस्पताल जाँदै हुनु हुन्छ ।
दुखाइ कम हुने सुई ख्याप्प घोप्दा नि दुख्छ स्विकार्नु पर्छ ।।
जनताको सेवामा निस्कदा आमा धेरै चिन्ता मान्नु हुन्छ ।
कसैलाई उज्यलो छर्न केही बेर सुर्य पनि लुक्छ स्विकार्नु पर्छ ।।
कम बोल्छ भन्दैमा अन्धाधुन्ध नबोल्ल्नुहोस् महासय ।
सहन नसकुला मेरो पनि मुख छ स्विकार्नु पर्छ ।।
ललित विसी । २०७९ श्रावण ११, बुधबार