काठमाडाैंबाट सुर्खेत आउँदै गरेका बसमा ढुंगा खस्दा एक जनाकाे मृत्यु

सुर्खेत । काठमाडाैंबाट सुर्खेत आउँदै गरेकाे बसमा ढुंगा खस्दा एक जनाकाे मृत्यु भएकाे छ । रत्न राजमार्गकाे छिन्चु-धुलियाविट सडक खण्डकाे भेरीगंगा नगरपालिका-२ पैसठ्ठीमा सडकमाथिबाट खसेकाे ढुंगा लागेकाे एक जनाकाे मृत्यु भएकाे हाे ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरतर्फ आउँदै गरेकाे ना ७ ख ५८११ नम्बरकाे रात्रीकालिन बसमा ढुङगा खस्दा सवारी चालकभन्दा पछाडीको सिट बसेका दुइ जना घाइते भएकाे ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएकाे छ । भगवतीमाई गाउँपालिका-२ का १७ वर्षीय पार्वती शाहीकाे उपचारकाे क्रममा मृत्यु भएकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । ढुंगा लागेर शाही र वीरेन्द्रनगर-६ का ४५ वर्षीय राजकुमारी सुनार घाइते भएका थिए । तर टाउकाेमा गम्भीर चाेट लागेकी शाहीकाे कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रदेश प्रहरीले जनाएकाे छ ।

सुनारकाे दाइने कानमा चाेट लागेकाे र अवस्था सामान्य रहेकाे प्रहरीकाे भनाइ छ । उनकाे प्रदेश अस्पतालमा उपचार भइरहेकाे छ । गाडीमा ३१ जना सवार रहेको गाडी र चालक वीरेन्द्रनगर नगरपालिका-३ का २९ वर्षीय नमबहादुर रोकायालाई प्रहरीको नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया