भेरीगंगामा फोर्स गाडीले ठक्कर दिँदा पैदल यात्री गम्भीर घाइते

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका फोर्स गाडीले ठक्कर दिएर  पैदल यात्रीलाई गम्भीर घाइते बनाएको छ। बुधबार दिउँसो १२ बजेको समयमा नगरपालिका–२ भेरीपुल नजिक गाडीले ठक्कर दिएको हो।

ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतकाअनुसार नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको बा ३ ख ५३०८ नम्बरको फोर्स गाडीले पैदल यात्रीलाई ठक्कर दिएको हो। उक्त ठक्करबाट पहिचान नखुलेको अन्दाजी ५५ वर्षीया पुरुष घाइते रहेको प्रहरीको भनाई रहेको छ।

प्रहरीकाअनुसार घाइते पुरुषको टाउँको र दुबै खुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था गम्भीर रहेकोले उनको उपचारको लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ।

यस्तै, गाडी चालक २८ वर्षीया प्रदिप खड्कालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा राखेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया