प्रकाशको दुबै मिर्गौला फेल भएपछि उपचारका लागि सहयोगको अपिल

सुर्खेत। दैलेखको ठाटीकाँध गाउँपालिका–६ प्रकाश बडुवालको दुबै मिर्गौला फेल भएको छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचारको लागि सहयोगको अपिल गरिएको छ।

हाल प्रकाश मानवअङ्ग मिर्गौला प्रत्यारोपन केन्द्र भक्तपुरमा उपचारको लागि अस्पतालको बेडमा आर्थिक अभावका कारण छट्पटाई रहेका आफ्न्तले जनाएका छन्।

प्रकाशको दुई वर्षअघि बुबाको अकालमै मुत्यु भएपछि उनको घरमा आर्थिक अवस्था झन नाजुक भएको हो। प्रकाशको घरपरिवार हजुर बुबाको सहारामा घरको दैनिकी चलाउँदै आएका छन्।

अस्पतालको बेडमा उपचारका लागि छट्पटाई रहेको छन्। उनको उपचारका सहयोगका लागि सबैले आ–आफ्नोतर्फबाट सहयोग गरिदिन आफन्तले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया