वडाध्यक्षमाथी खुकुरी प्रहार गरी फरार रहेका दुई जना पक्राउ

सुर्खेत। जाजरकोटको बारेकोट गाउँपालिका-६ का वडाध्यक्ष डम्मबहादुर महतरालाई खुकुरी प्रहार गरी फारार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार स्थानीय टेकेन्द्र नेपाली र अविनास बि.क. ले आफ्नै घरमा बसी रहेको अवस्थामा महतरामाथी खुकुरी प्रहार गरी गम्भिर घाईते बनाई फरार भएका थिए। उनीहरुलाई मंगलबार साँझ जिल्लाको कुसे गाउँपालिका-५, बाटुबाट प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई जिल्ला अदालत जाजरकोटबाट ज्यान मार्ने उद्योग कसुरमा ६ दिन हिरासतमा राख्न म्याद थपको अनुमति लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष निरौलाले जानकारी दिए।

खुकुरी प्रहारबाट वडा अध्यक्ष महताराको टाउकोमा ७ वटा टाँका लागेको छ । उनको हाल कोहलपुर मेडिकल कलेजमा उपचार भई रहेको ।

तपाईको प्रतिक्रिया