कर्णालीमै पहिलाे पटक सर्वाधिक रक्तदान, एकै दिन ९१ पिन्ट रगत संकलन

सुर्खेत। कर्णाली प्रदेशमै पहिलाे पटक सर्वाधिक रक्तदान गरिएकाे छ । बढ्दो रगत आपूर्तिको मागलाई सहज व्यवस्थापन गर्नका लागि गठीत नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतले प्रदेशमै सबैभन्दा बढी रक्तदान गरेकाे हाे । ५६ औं राष्ट्रिय रक्तसञ्चार दिवसको अवसरमा सुर्खेत उद्योग बाणिज्य संघले आयाेजना गरेकाे कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष एवं नेपालका सर्वाधिक रक्तदाता प्रेमसागर कर्मचार्यको उपस्थितिमा ९१ पिन्ट रगत संकलन गरिएकाे छ ।

सुर्खेत जिल्लामा रगतको अभावलाई परिपूर्ति गर्न एव सहजतरिकाले रगत उपलब्ध गराउनका लागि समाजको शाखा गठन गरिएकोमा नेपालका सर्वाधिक रक्तदाता कर्मचार्यले १७१ ‌औं पटक सुर्खेत रक्तदान गरेकाे संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए । उनले कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवाशकुमार शाक्यले ७५, महिलातर्फ कृति शाक्य गुभाजू र ज्याेती पाैडेलले १९/१९ औं रक्तदान गरेकाे बताए ।

अध्यक्ष शाक्यकाअनुसार कुनैपनि बिरामीका लागि सहज रगत प्राप्त होस भन्नका लागि समाजकाे शाखा गठनसँगै सुर्खेत जिल्लाभन्दा बाहिरबाट उपचारका लागि वीरेन्द्रनगर आउने बिरामीहरुलाई सहजरुपमा रगतको आवश्यकता पूर्ति गर्नमा सबैकाे हातेमालो गरिदिनहुन अग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया