रुकुमपश्चिमको गारा गाउँमा खोला पस्दा २५ घर विस्थापित

सुर्खेत। रूकुमपश्चिमको गारा गाउँमा खोला पस्दा २५ घर विस्थापित भएका छन्। साउन १० गतेदेखि लगातार परेको अविरल वर्षाका कारण खोलामा बाढी आई गाउँमा पसेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयकाअनुसार आठबीसकोट नगरपालिका वडा नम्बर ७ गारास्थित १० गतेदेखि परेको अविरल वर्षातका कारण घट्टे खोला गाउँमा पसेको हो।

प्रहरीकाअनुसार खोलाको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ।

सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर खोलामा मिसिदा घट्टे खोलामा लेदोसहितको बाढी आएको र त्यो बाढी गाउँमा पसेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया