सशस्त्र प्रहरीले माग्यो पदपूर्तिका लागि आवेदन

काठमाडौँ। सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बलमा रिक्त प्राविधिक समूह (स्वास्थ्यतर्फ) खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो।

आजदेखि भदौ १२ गतेसम्म आवेदन दिन सकिने प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ। प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) का लागि आवेदन आह्वान गरिएको हो।

निरीक्षकका लागि २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको र नायव निरीक्षकका लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्नेछ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, भर्ना तथा छनोट शाखा, हलचोकमा पुगेर आवेदन दिन सकिने जनाइएको छ।

हेर्नुस् सूचना :-

तपाईको प्रतिक्रिया