बहुविवाह मुद्दामा फरार ठाटीकाँध-२ का बखत पक्राउ

सुर्खेत। दैलेख प्रहरीले बहुविवाह मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको ठाटीकाँध गाउँपालिका-२ का ३३ वर्षीया बखत नेपाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखकाअनुसार नेपालीलाई २०७२ पुस २८ गते जिल्ला अदालत दैलेखले बहुविवाह मुद्दामा ११ महिना १८ दिन कैद र ५ हजार जरिवाना तोकिएपछि फरार भएका थिए।

नेपालीलाई प्रहरीको टोलीले रितपुर्वक पक्राउ गरेर आवश्यक कारबाहीका लागि आइतबार जिल्ला अदालत दैलेखमा पेश गरेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया