कर्णालीका ११ स्थानीय तहका १०९ विद्यालयमा नर्स राखिँदै

सुर्खेत। कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा रहेका विभिन्न एक सय नौ वटा विद्यालयमा नर्स राखिने भएको छ। विद्यालय नर्स कार्यक्रम अन्तरगत विद्यालयमा नर्स राखिने भएको हो।

विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्य यस कर्याक्रमको रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशनअनुसार चालु आर्थिक वर्षमा देशभरका दुई सय ३२ विद्यालयमा नर्स नियुक्त हुनेछन्।

मन्त्रालयकाअनुसार कर्णाली प्रदेशका ११ स्थानीय तहका एक सय नौ वटा विद्यालयमा नर्स राखेर यस वर्ष वर्षदेखि विद्यालय नर्स कार्यक्रम सुरु हुनेछ।

जस अन्तरर्ग सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्रका २०, भेरीगंगा नगरपालिकाका १० वटा विद्यालय रहेका छन्। दैलेखको नारायण नगरपालिकाका १०, कालिकोटको खाँडाचक्र नगरपालिकाका १० वटा विद्यालय, जुम्लाको चन्दननाथ नगरपालिकाका ५ वटा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका ५ वटा विद्यालय, हुम्लाको सर्केगाड गाउँपालिकाका ४ वटा विद्यालय रहेका छन्।

त्यस्तै, सल्यानको शारदा नगरपालिकाका १० वटा विद्यालय, त्रिवेणी गाउँपालिका भित्रका ११ वटा विद्यालय, जाजरकोटको छेडागाड नगरपालिकाका १४ र रूकुमपश्चिमको मुसिकोट नगरपालिका भित्रका १० वटा विद्यालयमा नर्स राखिने भएको छ।

एक विद्यालय एक नर्स कार्यक्रम तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले सुरु गरेका थिए। उनले उक्त कार्यक्रम सुरू गर्नुको मुख्य दुई उद्देश्य विद्यालय तहबाटै बालबालिकालाई स्वस्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने र विद्यालयमै आइपर्ने स्वास्थ्य समस्या समाधान गर्ने राखेका थिए।

तपाईको प्रतिक्रिया