खाद्य अधिकार सञ्जालले सवाल पहिचानका लागि पैरवी अभियान गर्ने

सुर्खेत। जिल्ला खाद्य अधिकार सञ्जाल सुर्खेतले खाद्य अधिकार सम्बन्धित सवालको पहिचानका लागि पैरवी अभियान गर्ने निर्णय गरेको छ। सञ्जालका संयोजक जगतकुमार केसीको अध्यक्षमा सोमबार बसेकोे बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै, बैठकले खाद्य अधिकार सञ्जालको बैठकलाई निरन्तता दिने, प्रदेश सभा परिषद् गठन तयारीका लागि सरकारसँग समन्वय गर्ने, पालिका स्तरमा खाद्य अधिकार सञ्जाल निर्माण गर्ने लगायतका विभिन्न निर्णय गरेको छ।

बैठकमा फियान नेपालका कर्णाली प्रदेश संयोजक प्रकाश नेगी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पत्रकारको सहभागीतामा बैठक सम्मपन्न भएको थियो।

तपाईको प्रतिक्रिया