आइडीया नेपालद्धारा वीरेन्द्रनगर–१ को भगवतीमाईको मन्दिर क्षेत्रमा वृक्षारोपण

सुर्खेत। आइडीया नेपालले वीरेन्द्रनगर नगरपालिका–१ स्थित खहरे खोला छेउछाउ तथा भगवतीमाईको मन्दिर क्षेत्रमा वृक्षारोपण गरेको छ। संस्थाले बाढी पहिरो रोक्ने उदेश्यसहित वीरेन्द्रनगर नगरपालिका–१ को लालिगुराँस टोलस्थित खहरे खोला छेउछाउ र मन्दिर क्षेत्रमा वृक्षारोपण गरेको आइडीया नेपालका अध्यक्ष राजकुमार विश्वकर्माले बताए।

संस्थाकाअनुसार खहरे खोला छेउछाउमा बाँस रोपण गरिएको छ। बाँस र विभिन्न प्रजातीका घाँससहित पाँच सय विरुवा रोपण गरिएको आइडीया नेपालका कार्यकारी निर्देशक रचना सुनारले बताइन्। संस्थाले भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतको सहयोगमा वृक्षारोपण गरेको हो।

यहाँ रहेको खहरे खोलामा २०७१ सालमा आएको बाढी पहिरोले बस्तीमा क्षती पु¥याएको थियो। खहरे खोलामा आउनसक्ने बाढी तथा पहिरोको जोखिम कम वृक्षारोपण गरिएको बताईएको छ। जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, आइडीया नेपालका पूर्व तथा वर्तमान कार्यसमिति पदाधिकारी र सदस्यहरु, आइडीया युथ क्लब, बांगेसिमल बोइज फुटबल क्लबका युवाहरु लगाएत स्थानीयको सहभागितामा वृक्षारोपण गरिएको हो।

आइडीया नेपाल २०७४ सालमा स्थापना भएको सामाजिक संस्था हो। संस्थाले महिला, बालबालिका, किशोर किशोरी, युवा तथा दलित समुदायसँग नजिक रहेर विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ। महिला तथा युवाहरुलाई आयआर्जन मुलक क्रियाकलापमा संलग्न बनाउँदै आएका संस्थाले बालबालिकाहरुलाई सर्वाङ्गिण विकासका लागि पुर्ण छात्रबृतिमा शिक्षा दिईरहेको छ।

संस्थाले दलित, विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री, पोषाक वितरणसँगै विभिन्न विपद् तथा महामारीको समयमा आइडीया नेपालले उद्धार र राहत वितरणको काममा अगुवाई गरिरहेको छ।

तपाईको प्रतिक्रिया