आइ.टि.एफ समितिको कर्णाली अध्यक्षमा : होमबहादुर

सुर्खेत। कर्णाली प्रदेशमा पहिलो पटक आइ.टि.एफ. समितिको प्रदेश कमिटि गठन भएको छ। बुधबार भएको समिति गठनबाट अध्यक्षमा होमबहादुर सुनार चयन भएका छन्।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालको प्रमुख आतिथ्यतामा प्रदेश राजधानी वीरेनद्रनगर सुर्खेतमा गठन भएको हो।

आइ.टि.एफ. कर्णालीको उपाध्यक्षमा गजेन्द्रकुमार थापा (दैलेख) र दिपक बिक (रुकुमपश्चिम), सचिमा हिमाल लामा (सुर्खेत) र कोषाध्यक्षमा नन्दकुमार बिक (सुर्खेत) चयन भएका छन्।

यस्तै, सदस्यमा निरुता भुजेल (सल्यान), गोगनकुमार बिक (कालिकोट), भुपेन्द्र ओली (रुकुमपश्चिम) र पुष्प वादी (सुर्खेत) चयन भएका हुन्।

समितिमा कर्णालीका सुर्खेत ,दैलेख रुकुम पश्चिम ,सल्यान ,कालिकोट र हुम्ला जिल्ला समावेश भएका छन्।

तपाईको प्रतिक्रिया