कर्णालीका तीन विमानस्थलका लागि नौं करोड बजेट विनियोजन

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाका तीन विमानस्थललाई थप सुविधा सम्पन्न बनाउन केन्द्रीय सरकारले नौ करोड बजेट विनियोजन गरेको छ । नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षका लागि उक्त बजेट विमानस्थलमा रहेका टर्मिनल भवन निर्माणमा खर्चिने जनाएको हो ।

ताल्चा विमानस्थल मुगु ।

पूर्वाधार निर्माणका खर्च गरिने बजेटमध्य मुगुको रारा विमानस्थलको टर्मिनल भवन निर्माण गर्न पाँच करोड रूपैयाँ विनियोजन गरिएको छ । ताल्चा विमानस्थलमा आर्थिक वर्ष २०७५र०७६ मा आठ करोड ६५ लाख रूपैयाँमा निर्माण हुने गरी यसको निर्माण सम्झौता भएको हो ।

जुम्ला विमानस्थलका लागि एक करोड बजेट पठाइएको मन्त्रालयले जनाएको छ । डोल्पाको मसिनेचौर विमानस्थलले टर्मिनल भवन बनाउन १५ लाख रूपैयाँ बजेट पाएको छ । मसिनेचौरमा आर्थिक वर्ष २०७२र०७३ बाट टर्मिनल भवन बनाउन बजेट विनियोजन हुँदै आएको छ।

तपाईको प्रतिक्रिया