मंसिर ४ मा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

 काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए। निर्वाचन आयाेगले मंसिर २ देखि ५ गतेभित्रकाे समयमा सिफारिस गर्न सुझाव दिएकाे थियाे। साेहीअनुरूप नै सरकारले मंसिर ४ का लागि सिफारिस गरेकाे हाे।

२०७४ सालमा प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचन दुईचरणमा भएकाे थियाे। निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउमा परिणत भएको छ।

तपाईको प्रतिक्रिया