वीरेन्द्रनगबाट लागूऔषधसहित श्रीमान–श्रीमती पक्राउ

सुर्खेत। जिल्लाको वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले बिहीबार दिउँसो साढे १ बजेको समयमा वीरेन्द्रनगर–७ गुरुङचोकबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दैलेख नौमुले गाँउपालिका–२ जीवनकुमार सिंह र उनको श्रीमती बिमला बुढाक्षेत्री रहेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको सयुक्त प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो।

वीरेन्द्रनगर नगरपालिका–७ मा कोठा भाडामा बस्दै आएका उनिहरुलाई पक्राउको लागि प्रहरी कोठामै पुगेको थियो।

बिमला बसिरहेको अवस्थामा चेक जाँच गर्दा उनको साथबाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ १ पोका प्रहरीले फेला पारी नियन्त्रणमा लगिएको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया