हुम्लाको अदानचुलीका कर्मचारीले दिए गोजीका ठेकेदारलाई भुक्तानी

अख्तियार दुरुपयोग आयोगकाे आरोपपत्र दायर

सुर्खेत। हुम्लाको अदानचुलीका निमित्त अधिकृत, इन्जिनियर, सव–इन्जिनियरले २१ लाख बढीको नक्कली विल बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ। आइतबार आयोगका प्रवक्त श्यामप्रसाद भण्डारीले उनिहरु विरुध आरोपपत्र दायर गरेको प्रेस विज्ञप्ति जारी गरेका हुन्।

आयोगका अनुसार अदानचुलीका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेल, इन्जिनियर मकरध्वज शाही र असिस्टेन्ट सव–इन्जिनियर विनोद थापाले पालिकाको आर्थिक वर्ष २०७६/०७७ का विभिन्न योजनाहरु आफु अनुकूलका व्यक्रिहरुलाई पारेर आर्थिक अनियमितता गरेको उजुरीको निवेदनमा आयोगले अनुसन्धान गरेको थियो।

आयोगको अनुसन्धानको आधारमा अदानचुली गाउँपालिका–१ थलाल्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्महुँदै बिगोठीसम्मको सडक निर्माणमा सरकारलाई हानिनोक्सानी पु¥याएको अख्तियारको ठहर गरेकाे छ।

अख्तियारले नमित्त अधिकृत प्याकुरेल, इन्जिनियर शाही र असिस्टेन्ट सव–इन्जिनियर थापाले उक्त सडक निर्माणमा २१ लख ४७ हजार चार सय ९२ रुपैयाँ ठेकेदार गणेश भण्डारीले फिल्डमा गरेको वास्तविक काम भन्दा नापी किताबमा बढी काम देखाई झुट्टा विल बनाएर भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो।

उनिहरू विरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ दफा ८ को उपदफा १ को खण्ड (ग) र (ङ)को कसूर ठहर गरी २१ लाख ४७ हजार चार ९२ रूपैयाँ विगो दाबी र सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम नै कैद सजाय समेत माग गरिएको छ ।

यस्तै, अख्तियारले ठेकेदार भण्डारीले उक्त सडक निर्माण कार्यमा गाउँपालिकालाई हानी पु¥याउने उद्देश्यले फिल्डमा भएको वास्तविक कामभन्दा नापी किताबमा बढी काम देखाएर काम भन्दा बढी भुक्तानी लिएको पत्रमा उल्लेख गरिएकाे छ।

यस्ताे छ, आरोपपत्र 

तपाईको प्रतिक्रिया