जुम्लाबाट चुनाव लड्दै ज्ञानेन्द्र शाही

सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचन लड्ने भएका छन्। राप्रपा प्रवेशपछि पाँचौं प्रवक्ता नियुक्त भएका शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने भएका हुन्।

उनी त्यसबारे औपचारिक जानकारी दिन दिउँसो काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन्। दिउँसो साढे २ बजे हुने पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु पनि सहभागी रहने बताइएको छ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए। ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही गत फागुनमा राप्रपा प्रवेश गरेका थिए।

तपाईको प्रतिक्रिया