वीरेन्द्रनगरमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते

सुर्खेत। जिल्लाको वीरेन्द्रनगरमा मिनि ट्रक र मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन्। आइतबार राती १० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–४ हिलेखाली चोकमा दुर्घटना भएको हो।

फाइल फाेटाे

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार बाङ्गेसिमलबाट यरीचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०२९३ नम्बरको मिनि ट्रकले हिलेखाली चोकबाट कुमाईचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ प ०५७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकल चालक वीरेन्द्रनगर–३ का ४२ वर्षीया रविन्द्र शाही घाइते भएको प्रहरीको भनाई रहेको छ। प्रहरीकाअनुसार शाहीको शरीरको विभिन्न भागमा चोट लागि कर्णाली प्रदेश अस्पताल कलागाउँमा उपचार भईरहेको छ।

उक्त ट्रक चालक फरार भएको र ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया