हुम्लामा बेपत्ता स्वास्थ्यकर्मी मृत फेला

सुर्खेत। हुम्लामा एक स्वास्थ्यकर्मी मृत भेटिएका छन्। गतको शुक्रबारबाट बेपत्ता भएका ताँजकोट गाउँपालिका-४ का १९ वर्षीय जीवन बोगटी मृत भेटिएका हुन् ।

स्वास्थ्य संस्थादेखि घर फर्केका बोगटी सोमबार बेलुका सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छप्रेला प्रहरी चौकीका इन्चार्ज बलिभद्र पनेरुले जानकारी दिए। बोगटी चार दिनपछि ताँजकोट-३ स्थित रानीवन भन्ने जंगलमा झुण्डीएको अवस्थामा फेला परेका हुन्।

फेज नेपाल संस्थाको तर्फबाट मैला स्वास्थ्य चौकीमा कार्यरत बोगटी शुक्रबार घर जाने भन्दै स्वास्थ्य संस्थाबाट निस्केको भएपनि घर नपुगेपछि खोजि गरिएको थियो। स्वास्थ्यकर्मी बोगटीले के कारणले आत्महत्या गरे भन्ने बारेमा केहि थाहा नभएपछि त्यसको अनुसन्धान भैरहेको छप्रेला प्रहरी चौकीले जनाएको छ।

तपाईको प्रतिक्रिया