काठमाडौँ। मंगलबार सुनको भाउ एक महिनायताकै उच्च बिन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यो मूल्य असार २१ यताकै उच्च हो। असार २१ गते ९७ हजार ६ सयमा सुनको कारोबार भएको थियो। सुनको मूल्य केही दिनयता फेरि उकालो लागेको छ। गत फागुन २५ गते प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको सुन साउन ५ गते प्रतितोला ९३ हजार रुपैयाँसम्म घटेको थियो।
चाँदीको मूल्य मंगलबार प्रतितोला १२४० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो । चाँदीको भाउ असार १५ गतेयताकै उच्च हो।
नेपालीरैबार । २०७९ श्रावण २४, मंगलवार