काठमाडौं। नेपाली सेनाले चित्तलको मासुसहित ८ जना शिकारीलाई नियन्त्रणमा लिएको छ।
कोशीटप्पु वन्यजन्त् आरक्षको सुरक्षामा खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त टोलीले आज सुनसरीको श्रीलंका टापुमा एक व्यक्तिलाई चित्तलको मासुसहित नियन्त्रणमा लिएको हाे।
पक्राउ परेका उनलाई सोधपुछका क्रममा अन्य ७ जना पनि पक्राउ परेका नेपाली सेनाले जनाएको छ। उनीहरुको साथबाट जंगली जनावरको ६३ केजी मासु, भरुवा बन्दुक २ नाल, टिका बारुद १ प्याकेट, खुँडा/खुकुरी ५ वटा लगायतका हतियारहरू बरामद भएको छ ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि वन्यजन्तु आरक्षकाे कार्यालयलाई बुझाइएको सेनाले जनाएको छ ।
नेपालीरैबार । २०७९ श्रावण २५, बुधबार