बबईबाट अवैध कपडा बरामद

सुर्खेत। जिल्लाको भेरीगंगा बबईबाट अवैध कपडा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार बेलुका ६ बजेको समयमा भेरीगंगा नगरपालिका–५ बबईबाट कपडा बरामद गरेको हो।

बबई चेकप्वाईन्टमा खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट सल्यानतर्फ आउँदै गरेको लु २ ख ५९१७ नम्बरको फोर्स गाडीलाई चेकजाँच कुनै बिल नभएको काँचो कपडा फेला पारेको हो।

प्रहरीकाअनुसार बिल नभएको २४ मिटरको ३ रोल काँचो कपडा (कुर्ता सुरुवाल) २० मिटरको ८ रोल काँचो कपडा (कुर्ता सुरुवाल) धोती ४५ पिस, कुर्ता सुरुवाल एक सय ३० पिस बरामद गरि अस्थाई पोष्ट बबईमा राखिएको छ।

यस्तै, कपडा बरामद गरेर उक्त गाडीलाई गन्तव्य तर्फ पठाईएको प्रहरीको भनाई रहेकोम छ।

तपाईको प्रतिक्रिया