उत्कृष्ट कृषकलाई सम्मान

बर्दिया। जिल्लाको ठाकुरबाबा नगरपालिकाले आज धान दिवसको अवसरमा रोपाइँ तथा उत्कृष्ट कृषक तथा कृषक समूहलाई सम्मान गरेको छ।

ठाकुरबाबा नगरपालिकाको आयोजना र वडा स्तरीय कृषक समन्वय समिति वार्ड नम्बर एक को व्यवस्थापनमा नगरपालिकाको जम्तिमा आज रोपाइँ तथा सम्मान कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा नगर प्रमुख तिलकराम लम्साल, उप प्रमुख बिना भट्टराई, वार्ड अध्यक्ष, कृषक समूह, कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो।

धान बालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापन सहयोग भन्ने नारा सहित १९ औँ राष्ट्रिय धान दिवस अवसरमा नगरपालिकाले कृषिमा कृषकलाई हौसला बढाउन कृषकको कार्यक्षेत्रमै उपस्थित भई धान दिवस मनाएको नगर उप प्रमुख बिना भट्टराईले जानकारी दिए ।

कार्यक्रममा नगर प्रमुख र उप प्रमुखद्वारा उत्कृष्ट कृषक तथा कृषक समूहलाई नगद र प्रमाण सहित सम्मान गरेका थिए।

तपाईको प्रतिक्रिया