दैलेखकाे गमाैडीमा रहेकाे सहकारीबाट लुटियाे दुई लाख पचास हजार

सुर्खेत। दैलेखकाे गमाैडीमा रहेकाे एक सहकारीबाट नगद रुपैयाँ चाेरी भएकाे छ । दुल्लु नगरपालिका-१० गमौडीमा रहेकाे साना किसान सहकारी संस्था लिमिटेडको घरको पछाडीको ढोका फोडी नगद रकम चाेरी भएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे हाे ।

सहकारीबाट नगद रु. दुई लाख पचास हजार रुपैयाँ चाेरी भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले क्षितिज खड्काको घरमा रहेकाे सहकारीबाट नगद र खड्काकाे पुस्तक पसलमा रहेको गरगहना र नगद रू. २० हजार समेत चाेरी भएकाे जनाएकाे छ । चाेरीाम संलग्नकाे खाेजीका लागि प्रहरीले अनुसन्धान गरिरहेकाे समेत प्रहरीकाे भनाई छ ।

तपाईको प्रतिक्रिया