वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ

सुर्खेत। जिल्लाको वीरेन्द्रनगरबाट लागूऔषधसहति एक जना पक्राउ परेका छन्। सोमबार बिहान ८ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–१० दिपनगर लालिगुराँस टोलमा लागूऔषधसहित एक जना पक्राउ परेका हुन्।

प्रहरीकाअुनसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ का ३३ वर्षीया कृष्ण सुनचरी रहेका छन्।

लालिगुराँस टोलमा लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा, सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

कृष्णको साथबाट प्लाष्टिक सहित ७० मिलि ग्राम र प्लाष्टिक बाहेक शुद्ध ४० मिली ग्राम (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ प्रहरीले बरामद गरेको हो।

उनीमाथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई रहेको छ

तपाईको प्रतिक्रिया