सुकुम्वासीलाई जग्गा वितरणका लागि चामुण्डाविन्द्रासैनी र भुमि आयोगबीच सम्झौता

सुर्खेत। चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेख र राष्ट्रिय भुमि आयोगबीच सम्झौता भएको छ। पालिका भित्र रहेका भुमिहिन दलित र सुकुम्वासीलाई जग्गा वितरण र अव्यवस्थित वसोवासीको व्यवस्थापनका लागि नगरपालिका र आयोगबीच बिहीबार सम्झौता भएको हो।

नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाही र राष्ट्रिय भुमि आयोगका अध्यक्ष केसव निरौलाबीच हस्ताक्षर गरेर सम्झौता भएको हो। यो सम्झौतासँगै अब नगरपालिकामा रहेका भुमिहिन नगरवासीले लालपुर्जा पाउने भएका छन।

प्रमुख शाहीले चुनावी सभामा लालपुर्जा पाउन नसकेका सुकुम्वासी, गरिब दलितहरूलाई लालपुर्जा उपलब्ध गराउने प्रतिवद्वता जनाएका थिए ।

तपाईको प्रतिक्रिया