सुर्खेत। डिभिजन वन कार्यालयका कर्मचारीको कुटाईबाट मृत्यु भएको घटनाको वस्तुस्थिति बुझ्न कर्णाली आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाही डिभिजन वन कार्यालय सुर्खेतमा पुगेका छन् ।
बिहीबार वीरेन्द्रनगर-१३ भुतचोक ५८ वर्षीय धनिराम लामिछानेले सालको रुख काटेको आरोपमा वीरेन्द्रनगर सव-डिभिजन कार्यालयका कर्मचारीहरुले पक्राउ गरेका थिए ।
तर, हिरासतमा राखेको केही बेरमा झ्यालमा घुँडा टेकेर झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित बनेका आफन्तहरुले बिहीबार साँझदेखी कार्यालय परिसरमा आन्दोलन गरिरहेका छन् । घटनामा सम्लग्न कर्मचारीलाई कारवाही नभएसम्म शव उठाउन नदिने अडान आफन्तहरुकाे छ ।
नेपालीरैबार । २०७९ भाद्र ३, शुक्रबार