चट्याङ लागेर मुगुमा गोठालाको मृत्यु

मुगु। मुगुको छायानाथरारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाईको चट्याङ लागेर ज्यान गएको छ। चट्याङ लागेर शेरबहादुर बुढा बेहोस भएका छन्।

नगरपालिकाको ऋणीमोक्ष बाघ जाउला भन्ने ठाउँमा बिहीबार दिउँसो भेडा चराउँदै गर्दा एक्कासी चट्याङ लागेर कुमाईको मृत्यु भएको र बुढा बेहोस भएको प्रहरीले जनाएको छ। बेहोस भएका बुढा एक घण्टापछि होसमा आएका थिए।

तपाईको प्रतिक्रिया