खोलामा डुबेर दुई बालकको मृत्यु

बर्दिया। बर्दियाको बढैयाताल गाउँपालिका स्थित मान खोलामा शुक्रबार अपरान्न नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।

बढैयाताल गाउँपालिका वार्ड नम्बर ४ स्थित वर्ष १२ का आयुष तिरुवा र सोही स्थानका वर्ष १३ का गौरव भुजेलको नुहाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

नुहाउने क्रममा बेपत्ता भएको खबर पाए लगत्तै प्रहरी खोजतलासमा लागेको र खोजी गर्ने क्रममा उनीहरको शव फेला परेको हो । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पठाएको छ।

तपाईको प्रतिक्रिया