सुर्खेत। व्यवहारिक लेखन प्रतियोगीतामा खेमराज गौतम प्रथम भएका छन्। आइतबार सुर्खेत बहुमुखी क्याम्पस अन्तर्गत नेपाली भाषा शिक्षा विभागले गरेको आयोजनामा गौतम प्रथम भएका हुन्।
विभिन्न पाँच शिर्षकमा सन्चालन गरिएको प्रतियोगीता सहभागी मध्ये उक्त क्याम्पसमा चौथो वर्षमा अध्यानर छात्र गौतमले प्रथम स्थान हासिल गरेका हुन्। यस्तै,द्वितीय अस्मिता भट्टराई, तृतीय निर्मला पौडेल र चौथो स्थानमा धनिसरा आचार्यले हासिल गरेका छन्।
उनिहरूले प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्नेलाई क्रमश तीन हजार, दुई हजार, एक हजार र पाँच सय नगद पुरस्कारसहित प्रमाण–पत्र वितरण गरिएको छ।
नेपाली भाषा शिक्षा विभाग प्रमुख थानेश्वर लामिछाने अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी क्याम्पस प्रमुख माधवप्रसाद खनाल, कार्यक्रम संयोजक सुरेन्द्र पोखरेल रहेका थिए।
विद्यार्थीहरुको लेखन सीप विकासका साथै व्यवहारिक लेखन क्षमता विकास गर्ने उदेश्यले कार्यक्रम गरिएको शिक्षा विभाग प्रमुख थानेश्वर लामिछानेले जानकारी दिए।
यस्तै, कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख खनालले विद्यार्थीको क्षमता विकासको लागि सम्बन्धित विभागले कार्ययोजना बनाई पेस गरेमा क्याम्पसको तर्फबाट प्रत्येक हप्ता अतिरिक्त क्रियाकलापको लागि सहयोग गर्न तयार रहेको बताए।
नेपाली भाषा विभाग प्रमुख लामिछानेले सहभागी सम्पुर्णलाई धन्यवाद दिँदै आगामी दिनमा विभागको तर्फबाट विद्यार्थीको वृद्धि विकासका लागि थप रचनात्मक तरिकाले अघि बड्ने जसमा विद्यार्थीको बढी भन्दा बढी सक्रियताको आवश्यक रहेको बताए।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, प्रध्यापकलगायत विद्यार्थीहरुको सहभागितामा रहेको थियो।

नेपालीरैबार । २०७९ भाद्र ५, आईतवार