पञ्चपुरी र गुराँसमा सास्कृतिक अवरोधबारे अवस्था विश्लेषण

सुुर्खेत। सामाजिक तथा सास्कृतिक अवरोधबारे दैलेखको गुरासँ गाउँपालिका र सुर्खेतको पञ्चपुरी नगरपालिकामा अवस्था विश्लेषण गरिएको छ।

स्थानिय धामी झाक्रि, जजमानी, पुजारी, महिला स्वास्थ्य संयमसेविका, जनप्रतिनिधि, किशोरी, महिलसँग सामाजिक र सास्कृतिक रुपमा महिलालाई कानूनी प्रक्रियामा अगाडि बढ्नका लागि अवरोधको अवस्था विश्लेषण गरिएको हो।

महिला सशक्तिकरण मञ्च नेपालले संस्थागत सुधार मार्फत न्यायमा पहूच अभिवृद्धि परियोजना अन्तर्गत कानुन व्यवसायी मातृका खनालले तयार पारेका प्रश्नावली छलफलमा लगिएको थियो।

छलफलका क्रममा कु–संस्कार विकासको बाधक भएको सहभागिको भनाई थियो। घर, समाज, रितिरिवाज, चाल–चलन ‘जातियछुवाछुत, छाउपडी, बालविवाह, बहूविवाह’ घरेलु हिंसा मुख्य समस्याका रुपमा औल्याइएको थियो।

महिलाहरुले समाज नै विकासको प्रमुख बाधक भएको बताएका छन्। सामाजको गलत बुझाइले पाठेघर खस्ने समस्यालाई सामान्य रुपले हेर्नु तथा बाहिर ल्याउन नचानुले महिलाहरुको स्वास्थ्यमा जटिल्ता थपिएको छ।

गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यमा पहूच नहुनु पनि चुनौतिका रुपमा हेरिएको छ। देखिएका सवालमा कानुनी जनचेतना आवश्यक देखिएको कानुनी व्यवसायी खनालले बताए । उनले भने,‘जनप्रतिनिधि कानुनका प्रक्रियाबारे अनविज्ञ छन्।

जनप्रतिनिधिलाई नै यसबारे जानकारी दिनुपर्ने देखिन्छ ।’परम्परागत सामाजिक संरचना (धामी झाक्रि र देवि प्रथा)को समुदायमा गर्भवती सुत्केरी अवस्थाको, न्यायिक समितिको बारेमा जानकारी, विश्वस्थताबारे, जातिय छुवाछुत, छाउपडी प्रथा, घरेलु हिंसा गर्नमा कस्को सक्रियता देखिन्छ जस्ता प्रश्न गरिएको थियो।

यसैगरी समुदायमा महिनावारीको समयमा महिलालाई गरिने व्यवहारका बारेमा छलफल भएको थियो। कानूनको कार्यन्वयन र सामाजिक विकासका लागि कु–संस्कार बाधा बनेको निष्कर्ष निकालिएको थियो। विवाहित अभिवाहित महिलालाई कत्ति दिन घर बाहिर राख्ने गरिएको छ। भने स्थानिय धामी, झाक्रि र पुजारीसँग प्रश्न गरिएको थियो।

तपाईको प्रतिक्रिया