जुम्लामा भालुको आक्रमणबाट महिला घाइते

सुर्खेत। जुम्लामा जंगली भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन्। सोमबार दिउँसो १ बजेको समयमा चन्दननाथ नगरपालिका–८ जाते भिर बस्ने ४० वर्षीया मैया बुढा घाइते भएकी हुन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयकाअनुसार चन्दननाथ–८ मै पर्ने खतवाला लेकमा दाउरा लिन गएको अवस्थामा भालुले अक्रमण गरेको हो।

आक्रमणबाट उनको टाउँको र घाँटिमा चोट पु¥याएको र हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लामा उपचार भईरहेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया