पुरानो गाडीमा आगो लगाएर बिमा रकम असुल्ने योजना

दाङ। बिमा रकम असुल्न दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन।

चालक आफैंले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको छ।

विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको गौतमले जानकारी दिए।

घोराही लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा उनिहरुले आगो लगाएका थिए।

तपाईको प्रतिक्रिया