अछाममा सासु कुट्ने दुई बुहारी पक्राउ

धनगढी। सासुलाई कुटपिट गर्ने दुई बुहारीलाई अछाम प्रहरीले पक्राउ गरेको छ। पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। प्रहरीले कुटपिटमा संलग्न बुहारीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले फेसबुकमा भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि कुटपिटमा संलग्न न्यौपानेकी दुई बुहारीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

‘सामाजिक सञ्जालमा भिडियो देखेपछि घटनाको अनुसन्धान थालेका थियौँ,’ ‘अनुसन्धानका क्रममा पञ्चदेवल विनायक नगरपालिका–६ की कि ५० वर्षीया महिलामाथि उनकै दुई जना बुहारीहरुले कुटपिट गरेको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरेका हौं।’

प्रहरीले सासुमाथि कुटपिट गर्ने बुहारीहरुको नाम खुलाएको छैन। सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ।

तपाईको प्रतिक्रिया