बालेनको विज्ञप्ति- ‘अब मिचाहा वर्गलाई मोटाई रहन दिने छैनौँ’

काठमाडाैँ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले ‘मिचाहा वर्ग’लाई कानुन मिचिरहन र अझ मोटाइरहन नदिने प्रतिवद्धता जनाएका छन्। उनले आवश्यकता र औचित्यको आधारमा उचित समयमै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा आफू विश्वस्त रहेको पनि प्रस्ट पारेका छन्।

काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत संरचना भत्काउने र एउटा प्रयोजनका लागि स्वीकृति लिएको संरचना अन्य प्रयोजनमा प्रयोग गरेको सम्बन्धमा अनुगमन गरी जुन संरचना जे प्रयोजनका लागि निर्माण स्वीकृति लिएको हो, सोही प्रयोजनमा प्रयोग गर्न र गराउन पछिल्लो समय सक्रियता बढाएको हो।

यसै सन्दर्भमा आएका प्रतिक्रियाका बारेमा सामाजिक सञ्जालमार्फत प्रष्टिकरण दिँदै महानगर प्रमुख शाहले भनेका छन्, ‘सकेसम्म मिचाहा प्रवृत्तिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिनाहालाई दण्डित पनि गर्ने विकल्प हामीसँग खुला छन्।’

तपाईको प्रतिक्रिया