निर्माण व्यवसायी सुर्खेतकाे नेतृत्व छान्न निर्वाचन हुँदै

सुर्खेत । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतकाे नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन गर्न लागिएकाे छ । वीरेन्द्रनगरकाे जिल्ला समन्वय समितिकाे हलमा दिउँसाे १२ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएकाे छ ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा निर्माण व्यवसायी पदम खड्का र बशन्त विक्रम जिसी चुनावी मैदानमा छन् । दुवै जनाले प्यानल नै खडा गरेर निर्वाचनमा हाेमिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर कार्की र विक्रम गिरी उम्मेद्वार छन् । यस्तै उपाध्यक्षमा चार जना प्रतिस्पर्धामा उत्रिएका छन् । कार्लमाक्स श्रेष्ठ, गाेविन्द मल्ल, चित्रनाथ याेगी र विनाेद गिरी उम्मेद्वार छन् ।

यस्तै महासचिवमा खगेन्द्र विक्रम राना र गाेविन्दबहादुर मल्ल सचिव पदमा इन्द्रबहादुर थापा, नवराज सापकाेटा र राजेन्द्रबहादुर शाही तथा काेषाध्यक्षमा सुशान्त कुँवर र साेमबहादुर श्रेष्ठ (मंगल) प्रतिस्पर्धामा उत्रिएका छन् ।

सदस्यहरुमा अशाेक केसी, टाेपबहादुर महतरा, कृष्णकुमार खड्का,  दिपककुमार राेकाय, नरेशकुमार शाही, रमेश विसी, राजकुमार मल्ल र सन्ताेष विसी उम्मेद्वार छन् ।

तपाईको प्रतिक्रिया